Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • पक्राउ पूर्जीविरुद्ध सर्वोच्च पुगे सिरोहिया, कान्तिपुरको कार्यालयमा प्रहरी

    पक्राउ पूर्जीविरुद्ध सर्वोच्च पुगे सिरोहिया, कान्तिपुरको कार्यालयमा प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 954
    SHARES

    काठमाडौं । ​​कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली थापाथली पुगेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सिरोहियालाई पक्राउ गर्न कान्तिपुर पब्लिकेशनको कार्यालय थापाथली पुगेको हो ।



    प्रहरी टोली भ्यान लिएर पब्लिकेशनको कार्यालय पगेको छ । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ ।



    तर सिरोहिया भने पक्राउ रोक्न सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् ।

    रिट निवेदन लिएर उनी आफै सर्वोच्च अदालत पुगेका हुन्। सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो।

    प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियालाई अहिले नै पक्राउ नगर्न भनेको विभिन्न मिडियाहरुमा सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार