Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सम्पत्ति विवरण सार्वजनिक

    शिक्षामन्त्री सुमनासँग डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स

    शिक्षामन्त्री सुमनासँग डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 777
    SHARES

    काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

    सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार शिक्षामन्त्री श्रेष्ठको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् ।



    परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् ।



    उनको नाममा काभ्रेमा ८ रोपनी ६ आना जग्गा रहेको छ भने ११ तोला सुन रहेको देखिएको छ । उक्त सुनमध्ये १० तोला उपहार र बिहेको बेला आएको र बाँकी एक तोला हजुरआमाको शेषपछि पाएको उल्लेख गरिएको छ ।

    त्यस्तै उनीसँग उपहारमा पाएको १०० तोला चाँदी, उपहारमै पाएको एक सेट हीराको गहना र एक सेट हीराको टप रहेको छ ।

    शिक्षामन्त्री श्रेष्ठको नाममा एनआईसी एसियामा १ करोड १५ लाख छ भने एभरेस्ट बैंकमा ३७ लाख पारिश्रमिकको रूपमा जम्मा भएको सम्पत्ति विवरणमा सार्वजनिक गरिएको छ ।

    शिक्षामन्त्री श्रेष्ठले आफ्नो पारिश्रमिकले किनिएको एउटा स्कूटर रहेको बताएकी छन् भने एक अर्को विदेशीको नाममा २० लाख पर्ने विद्युतीय गाडी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार