Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • जिल्ला कारागार मोरङमा एक कैदीको मृत्यु

    जिल्ला कारागार मोरङमा एक कैदीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 459
    SHARES

    फाइल तस्विर

    मोरङ । जिल्ला कारागार मोरङमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

    लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का धनबहादुर थापाको मृत्यु भएको हो।



    थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो ।



    लगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला कारागार मोरङले जनाएको छ ।

    थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गरेको थियो ।

    अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार