Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहिया भन्छन् – समाचार रोकाउनका लागि ब्ल्याकमेलिङ गर्न पक्राउ पुर्जी जारी गरियो

    सिरोहिया भन्छन् – समाचार रोकाउनका लागि ब्ल्याकमेलिङ गर्न पक्राउ पुर्जी जारी गरियो

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 777
    SHARES

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले समाचार रोकाउनका लागि ब्ल्याकमेलिङ गर्न आफूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका छन्।

    धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै यस्तो आरोप बताएका हुन् । उनले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मूल मुद्दालाई विषयान्तर गर्न पक्राउ पुर्जी जारी भएको दाबी गरे ।



    विज्ञप्तिमा सिरोहियाले समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको पनि उल्लेख गरे ।



    विज्ञप्तिमा अध्यक्ष सिरोहियाले भनेका छन्, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?’

    सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। त्यही जाहेरीका आधारमा जिल्ला अदालत धनुषाले उनीविरूद्ध पुर्जी जारी गरेको छ ।

    सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिनका लागि गृहमन्त्री रवि लामिछानेले राज्यशक्ति दुरुपयोग गरेको सिरोहियाले बताए ।

    ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने सिरोहियाको भनाइ छ ।

    सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको पनि  बताएका छन् ।

    तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार