Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • आफ्नैविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहियाले भने – राजनीतिक प्रतिशोध साँधियो

    आफ्नैविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहियाले भने – राजनीतिक प्रतिशोध साँधियो

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 747
    SHARES

    काठमाडौं । आफ्नोविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राजनीतिक प्रतिशोधको भावनाले पक्राउ पुर्जी जारी भएका बताएका छन् ।

    अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका हुन् ।



    नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।



    ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने सिरोहियाको भनाइ छ ।

    विज्ञप्तिमा सिरोहियाले समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको दाबी गरेका छन् ।

    गत आइतबार गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याएका थिए ।

    अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन् ।

    तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने बताएका छन्।

    अध्यक्ष सिरोहियाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।’

    सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले स्मरण गराएका छन् ।

    सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार