काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा व्यक्ति तोक्दा गलत नजिर बस्ने बताएका छन् ।
आज बिहान कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् ।
कानुनमन्त्री गिरीले कार्यदलमा रहेको कांग्रेस विगतको भन्दा लचक देखिएको भन्दै अर्को बैठकमा टुंगोमा पुग्ने विश्वास व्यक्त गरे।
कानुनमन्त्री गिरीले भने,‘हाम्रो बीचमा के सहमति भएको छ भने सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्ने सम्पूर्ण रुपले सहमति बनेको छ । अब अर्को बैठकमा हामी यो विषयमा टुंगोमा पुग्न सक्छौं ।’
कानुनमन्त्री गिरीले विभिन्न विकल्पमा छलफल भइरहेको र छलफल उपलब्धिमूलक भएको बताए । सहमतिमै कार्यादेश निर्माण गर्न आफूहरु सहमत भएको कानुनमन्त्री गिरीले बताए ।
उनले सहमतिको मध्यविन्दु पहिल्याउने गरी छलफल भएको बताए । अघिल्लो दिनको तुलनामा आज कांग्रेस लचिलो बनेर प्रस्तुत भएको कानुनमन्त्री गिरीको भनाई छ ।
Leave a Reply