Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • तोलामा १२ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद–बिक्री ?

    तोलामा १२ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद–बिक्री ?

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 486
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

    सोमबार प्रतितोला नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।



    सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार प्रतितोला १९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार