Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कार आरोपमा काठमाडौं मेडिकल कलेजबाट पौडेल पक्राउ

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र बलात्कार गरेको आरोपमा त्यहाँ कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा हाउस किपिङसम्बन्धि सेवा दिने कमलपोखरी सपोर्ट सर्भिसका प्रोजेक्ट मेनेजर सुमन पौडेलमाथि यस्तो आरोप लागेको हो ।

हाउसकिपिङमै काम गर्ने एक महिलाले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । गत फागुनमा अस्पतालभित्रै बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

गत २४ असारमा स्टाफको कपडा चेन्जिङ रुममा रहेको खाटमा आफूमाथि बलात्कार भएको ती महिलाको दाबी छ ।

तर, भनेअनुसार डिउटी नपाएपछि फागुनमै महिलाले त्यहाँ जागिर छाडेकी थिइन् । त्यस कारण जागिर छाड्नुपरेको रिसमा पनि यस्तो आरोप लगाएको हुनसक्ने प्रहरी अधिकारी बताउँछन् ।

तर, जाहेरी आएपछि प्रहरीले दर्ता गरेर पौडेललाई पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077