Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बारामा १० महिनामा २ करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन

    बारामा १० महिनामा २ करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 459
    SHARES

    फाइल तस्विर

    बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालू आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालू आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जानकारी दिए । 



    त्यस अवधिमा शहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए ।



    महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरिएको बताए । 

    त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडक छेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनलगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेको महतोले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार