Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस

काठमाडौं । सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

तरुण दलका नेता-कार्यकर्ताले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको बताएका छन् ।

उनीहरूले 'सहकारी पीडितलाई न्याय दे, सरकारको तानाशाही प्रवृत्ति बन्द गर, सहकारी ठगलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे' लगायत नाराबाजी गरेका थिए ।

सहकारी पीडितलाई न्याय दिनुको साटो सरकारले तानाशाही प्रवृत्ति देखाएको तरुण दलका नेताहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077