Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सरुवा रोग अस्पतालको टेण्डरमा बिचौलियाको चलखेल, अर्थ र सहरी मन्त्री गुमराहमा

    सरुवा रोग अस्पतालको टेण्डरमा बिचौलियाको चलखेल, अर्थ र सहरी मन्त्री गुमराहमा

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 990
    SHARES

    काठमाडौं । स्रोत सुनिश्चितता नै नभई १० महिनाअघि गएको भदौ १ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूको टेण्डर सूचना निकालियो ।

    स्रोतको सुनिश्चितता नभई गरिएको उक्त टेण्डर रद्द गर्न सतर्कता केन्द्रले माघमै निर्देशन दियो । अर्थमन्त्रालयले बजेटको सुनिश्चितता गर्न नसक्ने जवाफ दियो ।



    तर पनि उक्त टेण्डर रद्द नगरी बिचौलियाहरु अहिले पुनः सरुवा रोग अस्पतालको भवन निर्माणको लागि सहरी विकास मन्त्री धनबहादुर बुढा र अर्थमन्त्री बर्षमान पुनलाई गुमराहमा पार्न लागेका छन् ।



    स्रोत सुनिश्चितता नगरी हतार हतार टेण्डर गर्ने सहरी विकास तथा भवन विभागका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कारबाही नगरी उन्मुक्ति दिंदैआएको छ ।

    सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडौंले १ भदौ २०८० मा उक्त अस्पतालको टेण्डर आह्वान गरेको थियो । अस्पताल निर्माणका लागि बजेटको ब्यवस्था गरिनसकेको अवस्थामा आयोजनाले टेण्डर निकाल्यो ।

    ६ महिनासम्म पनि स्रोत सुनिश्चितता गर्न अर्थमन्त्रालयले अस्वीकार गर्यो । स्रोतको ब्यवस्था नभएपछि टेण्डर रद्द गर्नुको साटो बिचौलियाहरु पुनः अर्थमन्त्री पुनलाई गुमराहमा पारी बजेट मिलाउन चलखेलमा छन् ।

    उक्त ठेक्का पाउनका लागि सबै सेटिङ गरिसकेको कन्ट्याक्ट कन्ष्ट्रक्सन प्रालिका प्रमोद अधिकारी र बिजय मानन्धरले ८ दिनअघि बैशाख ३१ मा राजीनामा दिएका स्वास्थ्य मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसँग सेटिङ गरेका थिए ।

    अमरेन्द्र यादवलाई ठूलै रकमको प्रलोभन दिएका बिजय मानन्धरले अर्थमन्त्री पुनकोमा पनि बिचौलियालाई खटाएको स्रोत बताउँछ । टेण्डर सूचना निकाल्नु अघि नै उक्त ठेक्का कन्ट्याक्टले पाउने निश्चित भएको भन्दै बिजय मानन्धर र प्रमोद अधिकारी हिंडेका छन् ।

    कन्ट्याक्ट कन्ष्ट्रक्सन प्रालिका संचालकद्वय प्रमोद अधिकारी र सुदिप घिमिरेले टेण्डर सूचना निकाल्ननुअघि नै सेटिङ गरिसकेकाले पनि उनीहरु जसरी पनि अर्थमन्त्री पुन र सहरी विकास मन्त्री बुढालाई मिलाउन र बजेटको ब्यवस्था गर्न तल्लीन छन् ।

    ३ अर्ब ३३ करोड रुपैयाँ लागतको अस्पतालको उक्त बहुबर्षीय ठेक्का सेटिङमा कन्ट्याक्ट यसअघि सीता गुरुङ मन्त्री हुँदा लागेको थियो ।

    उपेन्द्र यादवका छोरा अमरेन्द्रसँग सेटिङ गरिसकेको अवस्थामा उनी मन्त्रीपरिषदबाट बाहिरिएपछि बिचौलियाहरु अब अर्थमन्त्री पुन र सहरी विकास मन्त्री बुढालाई मिलाउने भन्दै शक्तिकेन्द्रमा धाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार