Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • गैरजिम्मेवार त्रुङग्राम एकेडेमी, स्कुलबाटै विद्यार्थी हराउँदा अभिभावकलाई उल्टै गाली !

    गैरजिम्मेवार त्रुङग्राम एकेडेमी, स्कुलबाटै विद्यार्थी हराउँदा अभिभावकलाई उल्टै गाली !

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 3.5K
    SHARES

    काठमाडौं । अभिभावकहरुले बोर्डिङ स्कुलहरुमा छोराछोरी अध्ययन गराउनुपर्ने मुख्य कारण गुणस्तरीय शिक्षा नै हो । सँगसँगै बालबच्चाको सुरक्षा पनि अर्को कारण हो ।

    महंगो शुल्क तिरेर अभिभावकहरुले निजी स्कुलमा बालबच्चा पढाए पनि कतिपय बोर्डिङ स्कुलले सुरक्षातिर ध्यान नदिंदा बालबच्चाहरु हराउने गरेका छन् । बोर्डिङ स्कुलमा बच्चा पढाएको छु, स्कुलले बच्चाको हेरचाह राम्रो गर्छ भन्ने भ्रम पाल्नुभएको छ भने त्यो गलत साबित हुनसक्छ ।



    काठमाडौंको बुढानीलकन्ठ नगरपालिका वडा नम्बर ७ स्थित हात्तिगौंडामा रहेको त्रुङग्राम इन्टरनेशनल एकेडेमीेमा अध्ययन गर्ने २ विद्यार्थी राति अबेरसम्म पनि घरमा नआएपछि अभिभावकले स्कुलका प्रिन्सिपल उत्तमराज थापालाई खबर गरे ।



    गएको बैशाख २८ गते उक्त स्कुलमा अध्ययनत छात्रछात्रा राति अबेरसम्म घरमा पुगेनन् । स्कुलले बच्चा खोजी गर्ला भनेर दुवै छात्राछात्रका अभिभावकहरुले आशा गरे पनि प्रिन्सिपल थापाले हप्कीदप्की गरेपछि उनीहरुले खोजी सुरु गरे । प्रहरीलाई गुहारे ।

    प्रहरीले त्रुङग्राम स्कुलदेखिको सीसीटिभी क्यामेरा हेर्दै जाँदा बुढानिलकण्ठ भंगालस्थित गेष्टहाउसमा गएको देखियो । सीसी क्यामेराकै आधारमा बैशाख २९ गते विहान प्रहरीले गेष्टहाउसबाट छात्रछात्रालाई फेला पारी अभिभावकलाई जिम्मा लगायो ।

    बैशाख २८ गते उक्त स्कुलका १० कक्षाका विद्यार्थीको फेयरवेल कार्यक्रम राखिएको थियो । फेयरवेल कार्यक्रम सकिएपछि साँझ ८ बजे ती छात्रा स्कुलबाट निस्किएकी थिइन् । तर, अभिभावक भने ८ः३० बजे उनलाई लिन आए । ९ कक्षामा अध्ययनरत छात्र अपरान्ह ४ बजे स्कुल विदा भएपछि घर नगई स्कुल बाहिर ती छात्रालाई कुरेर बसेको र दुबैजना राती ८ बजे भेट भएर गेष्टहाउस पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    अभिभावकले स्कुलका प्रिन्सिपललाई बच्चाको रेखदेख नगरेको बारेमा सोधीखोजी गर्दा उल्टै हप्काएको गुनासो गर्दै आएका छन् । स्कुल पठाएको बच्चा सकुशल घर नआएको बारेमा सोध्दा प्रिन्सिपले देखाएको व्यवहारबाट अभिभावकहरु रुष्ट भएका छन् । उक्त स्कुल डा. त्रुङग्राम ग्याल्ट्रुल रिम्पोछेको हो । उनी आफूलाई अवतारी लामा समेत दावी गर्दछन् । उनी अमेरिका बस्दै आएका छन् ।

    त्रुङग्राम एकेडेमीका प्रिन्सिपल उत्तमराज थापासँग विद्यार्थी हराएको र विद्यालयले खोज्न चासो नदिएको बारेमा प्रश्न गर्दा उनी सम्पर्कमा आएनन् । विद्यालयका को–अडिनेटर उज्वल रिजालले बैशाख २८ गते फेयरवेल कार्यक्रम भएको बताउँदै अरु कक्षाका विद्यार्थीलाई अपरान्ह ४ बजे विदा दिइएको बताए ।

    रिजालले भने–‘४ बजेपछि आयोजित फेयरवेल कार्यक्रम सकिएको र ८ बजे छात्रा विद्यालयबाट निस्किसकेपछि साढे ८ बजे अभिभावक लिन आउनु भएछ । अभिभावकले बच्चा नभेटाएपछि स्कुललाई सोही समयमा खबर नगरी राती १० बजे मात्र खबर गरियो ।’

    खबर गर्नासाथ खोजीलाई तिब्र बनाइएको र प्रहरीलाई समेत खबर गरिएको उनले दावी गरे । ‘९ कक्षाका छात्र विदा भइसकेपछि छात्रालाई कुरेर बसेको रहेछ । ८ बजे उनीहरुसँगै निस्किएछन् । गेष्टहाउसमा गएको भन्ने कुराचाहिं मेरो जानकारीमा छैन । उनीहरु सडकमै भेटिएका हुन् ।’–अनलाइन नेपालसँग उनले थप भने ।

    स्कुल नजिकैका विद्यार्थीलाई बसमा नपठाई अभिभावकले नै लिएर जाने गरेको बताएका उनले ती दुबै छात्र छात्रा स्कुल नजिकैका भएकाले उनीहरुलाई पनि अभिाभावकले नै लाने गरेको दावी गरे । उनले भने–‘सो दिन पनि अभिभावकले आफ्नो बच्चा समयमै घर नआएपछि विद्यालयलाई खबर नगर्दा यस्तो घटना भएको हो । हामीले समयमै प्रहरीलाई खबर गरेर विद्यार्थीलाई अभिभावकको जिम्मा लगाउन सफल भयौं ।’

    यद्यपि छात्राका अभिभावक भने विद्यालयले बच्चा हराएको बारेमा जानकारी दिंदा हप्काएको गुनासो गरिरहेका छन् । प्रहरीलाई स्कुलले नभई आफैले खबर गरेर खोजी गरेको ती अभिभावकले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार