Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गृहमन्त्री लामिछानेमाथि कारबाहीको माग गर्दै धनराज गुरूङले दिए सभामुखलाई निवेदन

    गृहमन्त्री लामिछानेमाथि कारबाहीको माग गर्दै धनराज गुरूङले दिए सभामुखलाई निवेदन

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 774
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्।

    सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै उपसभापति गुरूङले सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन्।



    गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको उपसभापति गुरूङको आरोप छ ।



    गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको उपसभापति गुरूङले बताए ।

    गृहमन्त्री लामिछानेले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको उपसभापति गुरूङको भनाइ छ।

    उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् ।

    कुटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि उपसभापति गुरूङले बुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार