Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 438
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

    साढे १ बजे बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी प्रमुख प्रतिपक्षी कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।



    सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने अडान लिएको थियो ।



    तर कांग्रेस वेल घेराउमा उत्रिए पनि उनीहरूलाई घेरेर प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    यसअघि बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन दोहोर्‍याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार