Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • डिआईजी बढुवाले प्रहरीमा चुलियो असन्तुष्टि

    डिआईजी बढुवाले प्रहरीमा चुलियो असन्तुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा डिआइजी बढुवाले असन्तुष्टि चुलिएको छ । बढुवामा ‘पिक एण्ड चुज’ भएको आरोप लागेको छ ।

    गृहमन्त्री रवि लामिछानेकै सक्रियतामा शुक्रबार चार जनाको बढुवा सिफारिस भएको हो ।



    जसमा सिनियर ब्याचबाट कृष्णहरी शर्मा पोखरेल परेका छन् भने १११ को टोलीबाट दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी परेका हुन् ।



    कार्की र केसी गृहमन्त्री लामिछानेकै रोजाईमा र अधिकारी एमालेको कोटाबाट परेको स्रोत बताउँछ ।

    कार्की यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुख हुँदा लामिछानेको दोहोरो राहदानीसम्बन्धि मुद्दा डिसमिस गराउन सघाएका थिए । केसीको पनि लामिछानेसँग व्यक्तिगत सम्बन्ध छ ।

    बढुवामा आइजिपी बसन्तबहादुर कुँवरकै ब्याचका भोला रावल, धुव्र राउत र गणेश चन्द छुटेका छन् । यसअघि वरियतामा अघि रहेका शिद्धिबिक्रम शाह, उमा चतुर्वेदी र सुशीलसिंह राठौर बढुवामा छुटे।

    उनीहरु तीनै जना गुप्तचरबाट आएका टोली हुन् । उनीहरु आइजिपीका दाबेदार मानिन्थे ।

    अहिलेको बढुवामा छुटेपछि उनीहरु गृहमन्त्रीसँग आक्रोशित बनेका छन् । कतिपयले भने चलखेलका आधारमा आएको टोलीलाई रोकेर गृह मन्त्रालयले राम्रो काम गरेको भन्दै ठिक भनेका छन् ।

    कांग्रेसनिकट प्रहरीलाई अहिलेको सरकारले किनारामा पारेको समेत कतिपयको टिप्पणी छ ।

    कांग्रेसकै जोडमा आइजिपी भएका आइजिपी कुँवरमाथि केही कांग्रेस नेताले असन्तुष्टि व्यक्त गरेका छन्। बढुवामा केही क्षमतावान अधिकृत भने छुटेका छन् ।

    एसएसपी दिनेश आचार्यमाथि अन्याय भएको चर्चा प्रहरीमा छ । गृहले अब एसएसपीमा पनि बढुवाको तयारी थालिसकेको छ ।

    एसपीबाट एसएसपीमा पनि पुरानो ब्याचबाट बढुवा गर्ने कि नयाँबाट भन्ने संघर्ष सुरु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार