Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्धारा ह्विप जारी

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्धारा ह्विप जारी

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 501
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।

    संसदीय दलको सोमबार बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।



    पार्टी संसदीय दलको निर्णयमा भनिएको छ,‘जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले प्रतिनिधि सभा समक्ष विश्वासको मत लिने कार्यक्रम रहेको र हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरू उक्त प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुने र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरियो । यस प्रयोजनका लागि विश्वासको मतको पक्षमा मतदान गर्न सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय समेत गरियो।’



    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आज विश्वासको मत लिँदैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार