काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टीका ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
अध्यक्ष यादवका तर्फबाट आइतबार एक अधिवक्ताले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा सुनुवाइ गर्न सोमबारका लागि पेशी तोकिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ । जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सर्वोच्चमा रिट दिएका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईसहित ७ जना सांसदले २०८१ साल वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए । निर्वाचन आयोगले उक्त दललाई वैशाख २४ गते दर्ता गरेको थियो ।
Leave a Reply