Online Nepal
  • बुधबार, २ असोज २०८१
  • म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

    म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 738
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

    गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो ।



    आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।



    म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार