Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको प्रश्न – मैले मन्त्रालय छोड्नुपर्‍यो कि देश ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले के आफूले देश छाड्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् । लामिछानले आफूले के छाड्नुपर्‍यो ? भनी प्रश्न समेत गरे । “भन्नुस्, मैले के गर्दिनुपर्‍यो । सदन छोडिदिनुपर्‍यो कि मन्त्रालय छोडिदिनुपर्‍यो कि ? मैले पार्टी छोड्नुपर्‍यो कि देश छोड्नुपयो ?,” लामिछानेले प्रश्न गरे ।

यस्तै उनले आफ्नो पार्टीबाहेकका दल बसेर संसदीय छानबिन समिति कस्तो बनाउने भन्ने तय गर्न आग्रह गरे । उनले समितिको कार्यादेशका विषयमा छलफल हुन नपाउँदै त्यसबारेका सूचना मिडियामा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाए ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफूले नागरिकताका विषयमा विगतमा सबै पद गुमाएको भन्दै फेरि एकपटक ‘जिरो’ हुन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077