Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले मलाई डेढ वर्षका लागि प्रधानमन्त्री अफर गर्‍यो, अस्वीकार गर्दा संसद अवरोध : गृहमन्त्री रवि

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि अफर गरेको खुलासा गरेका छन् ।

आइतबार बेलुका प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले गृहमन्त्री हुन नमिल्ने तर प्रधानमन्त्री हुन कुन नैतिकताले मिल्ने हो भन्दै कांग्रेसले प्रश्न गरे ।

उनले भने, ‘म गृहमन्त्री हुन नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ। म आज यो सदनमा सोध्न चाहन्छु। अफर गर्नेले कान रातो पार्नुपर्दैन। म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ केही गोपनीयता राखौंला तर मेरो प्रश्न छ। हिजो मलाई डेढ महिना प्रधानमन्त्री हुन गरेको अफरको डेट अफर छ कि अझै बाँकी छ।'

उनले दोषी देखिए मैलाई हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077