काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टीओआरमा सहमति जुट्न नसक्दा संसद् बैठक फेरि सूचना टाँसेर सारिएको छ ।
बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुन: साढे ४ बजेलाई सारिएको हो ।
नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।
कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो ।
कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।
Leave a Reply