Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • संसदीय छानबिन समितिको टीओआरमा अझै जुटेन सहमति

    संसदीय छानबिन समितिको टीओआरमा अझै जुटेन सहमति

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 435
    SHARES

    काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि कांग्रेसले थप समय मागेको छ।

    सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले टीओआरबारे थप छलफलका लागी समय मागेको हो ।



    संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन नसेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित बनेको छ।



    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी संयोजकत्वको समितिको आइतबार बिहान बसेको बैठकले सहमति जुटाउन सकेन ।

    सैद्धान्तिक रूपमा सहकारी समस्या समाधान गर्नका लागि कार्यदलमा रहेका सदस्यहरूबीच समझदारी भएपनि बुँदागत रूपमा कार्यादेशबारे सहमति जुट्न नसकेको हो ।

    कांग्रेसले समय मागेपछि कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ। विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टीओआर टुंग्याउनुपर्ने भएकाले केहि समयपश्चात सहमत हुन सक्ने बताईएको छ ।

    कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विवाद कायमै छ। लामिछाने जोडिएका सहकारीको नाम राख्न कार्यदलका सदस्यहरु सकारात्मक छन्।

    कार्यदलका सदस्यहरुबीच भएको सहमतिको मस्यौदामाथि कांग्रेसमा आन्तरिक छलफल गर्ने र त्यसपश्चात पुन बैठक बस्ने गरी कांग्रेस नेताहरु बाहिरिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार