Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • लाइसेन्सको ट्रायल रोकिँदा हजारौं सर्वसाधारण पीडित

    लाइसेन्सको ट्रायल रोकिँदा हजारौं सर्वसाधारण पीडित

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 744
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल तथा लिखित दुवै परिक्षा एकाएक रोकिँदा हजारौं सर्वसाधारण पीडित बनेका छन्।

    महिनौं कुरेर बल्लबल्ल ट्रायल दिने पालो आएपनि अनावश्यक रुपमा ट्रायल परीक्षा रोकिएको भन्दै पीडितहरूले तत्काल परीक्षा सञ्चालन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।



    राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन र छानबिनको बहानामा काठमाडौं उपत्यकाका चारवटा ट्रायल सेन्टर मात्रै बन्द गराएको र अन्य जिल्लाका ट्रायल सेन्टरहरू भने चालु राखेको भन्दै ट्रायल सेन्टरका सञ्चालकहरूले आक्रोश पोखेका छन्। सर्तकता केन्द्रले रकमको बार्गेनिङ गरेको र नपाएपछि अनुगमनको बहाना बनाएर दुःख दिएको उनीहरूको गुनासो छ।



    गत शुुक्रबार ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी ट्रायल सेन्टरमा नगएपछि एकाएक सो दिनको ट्रायल रोकिन पुगेको थियो। काठमाडौं उपत्यकामा रहेका भक्तपुरको राधेराधे, एकान्तकुना, चाबहिल र गुर्जुधारामा रहेका चारवटा ट्रायल सेन्टरहरू एकाएक बन्द हुन पुगेपछि ट्रायल दिने तयारीमा रहेका २ हजार सर्वसाधारण पीडित बनेका थिए। नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार