Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमाले जनताको जीवनसँग गाँसिएको हुनुपर्छ : उपाध्यक्ष पोखरेल

    एमाले जनताको जीवनसँग गाँसिएको हुनुपर्छ : उपाध्यक्ष पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 624
    SHARES

    फाइल फोटो

    सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोख्रेलले अबको एमाले जनताको जीवनसँग गासिएको हुनुपर्ने बताएका छन् ।

    एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै उनले एमाले इतिहासका गौरवगाथा गाएर बाँच्न नसक्ने भन्दै अब जनताका सरोकार र जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताए ।



    कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले (एमाले) भित्र गुटउपगुट सिर्जना हुनुमा पार्टी नेतृत्व नै जिम्मेवार रहेको बताए ।



    उनले पार्टीको मूलमर्मका रूपमा रहेको जनताको बहुदलीय जनवाद नबुझ्दा र त्यसलाई आत्मसात् नगर्दा अन्योलता सिर्जना भएको बताए ।

    एमाले सुनसरीको अधिवेशनलाई गुटउपगुटभन्दा पर राखेर आफ्नो हैसियतअनुसार पार्टी नेताले भूमिका निर्वाह गर्नुपर्नेमा नेता राईको जोड थियो ।

    उनले कसैको प्रभाव र दबाबमा नपरी आजको चुनौती सामना गर्न र मिसन ८४ को लक्ष्य पूरा गर्न जिम्मेवार भूमिका निर्वाह गर्न सबैले लाग्नुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार