तनहुँ । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ।
नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।
मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
निजको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply