Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडान गर्न तयार

    नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडान गर्न तयार

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    लस एन्जलस । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेसन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानको पहिलो उडानका निम्ति सम्पूर्ण तयारी पूरा गरिएको छ ।

    नासाका स्वतन्त्र विशेषज्ञ सम्मिलित उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणका क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको जनाएको छ ।



    समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यानकेन्द्रित गर्दै सम्भावित खतराको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।



    यो विमान नासाको ‘क्वेस्ट मिसन’को केन्द्रमा छ । यसलाई हवाईयात्रामा व्यापक सुधारसहित तथ्यांक संकलन गर्न प्रयोग गरिनेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताका निम्ति मार्गप्रशस्त गर्नेछ । रासस/सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार