Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 726
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको बन्दीपुरस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ ।

    बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।



    छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार