Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सरकारी अस्पतालको सुधार मेरो पहिलो प्राथमिकता हो : स्वास्थ्यमन्त्री यादव

    सरकारी अस्पतालको सुधार मेरो पहिलो प्राथमिकता हो : स्वास्थ्यमन्त्री यादव

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 639
    SHARES

    वीरगन्ज । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी अस्पतालहरुको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

    गृहनगर वीरगन्जमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री यादवले यस्तो बताएका हुन् ।



    उनले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकार मातहतमा रहेका अस्पताल र स्वासथ्य संस्थाहरुमा विद्यमान समस्याको सुधार आफनो पहिलो प्राथमिकतामा रहेको बताए।



    स्वास्थ्यमन्त्री यादवले भने, ‘देशभरका सरकारी स्वास्थ्य संस्थामा सुधार ल्याउने मेरो हरसम्भव कोसिस रहने छ। त्यसका लागि मन्त्री पदको पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णय नै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको हुँ।’

    देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले ६३ हजार जनशक्ति आवश्यक भए पनि अहिले ३० हजारमात्र जनशक्ति उपलब्ध रहेको बताए।

    अझै ३३ हजार जनशक्ति अपुग रहेकाले नागरिकको उपचारमा कठिनाइ भइरहेको र सरकारले सेवा दिन नसकरिहेको स्वास्थ्यमन्त्री यादवले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार