Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 756
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल थालेका छन् ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको छलफलमा गृहमन्त्री लामिछाने पनि मिसिएका हुन्।



    अहिले सत्ता समीकरणका शीर्ष नेताहरूबीच छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान छलफल गरेका थिए।



    आफ्नो मागप्रति प्रधानमन्त्रीको जवाफ सकरात्मक आएको कांग्रेसको नेताहरुको भनाइ छ।

    कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

    तर, सरकार व्यक्ति केन्द्रित नभई सबै सहकारी समस्या समाधान गर्न समिति बनाउन तयार छ। कांग्रेससँगको छलफलपछि ओली र लामिछानेसँग प्रधानमन्त्री छलफलमा बसेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार