Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमाले उपाध्यक्ष पोखरेलले भने – व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन

    एमाले उपाध्यक्ष पोखरेलले भने – व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 531
    SHARES

    मोरङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्।

    आज विराटनगर पुगेका वरिष्ठ उपाध्यक्ष पोखरलले व्यक्तिकेन्द्रित समिति गठन नहुने बताएका हुन् । समस्यालाई केन्द्रीत गरेर समिति गठन गर्नुपर्ने उपाध्यक्ष पोखरलको भनाई छ ।



    गृहमन्त्री रवि लामिछानेको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले बताए । उपाध्यक्ष पोखरलले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए।



    विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे ।

    उपाध्यक्ष पोखरलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए । उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार