Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसदको गतिरोध अन्त्य गर्न प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख

    संसदको गतिरोध अन्त्य गर्न प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 654
    SHARES

    काठमाडौं । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुखसहित शीर्ष नेताको बैठक आज बस्दैछ ।

    विभिन्न चरणमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि निष्कर्षविहीन बनेपश्चात आज फेरि सभामुख देवराज घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन्।



    आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सदन खुलाउने विषयमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीसँग संयुक्त छलफल गर्न लागिएको बताइएको छ । समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सभामुखले छलफल गर्ने बताइएको छ।



    प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार