Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा छाडेका नेता कार्यकर्तालाई मूलधारमा फर्कन यादवको आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले विभाजित समूहमा लागेका नेता कार्यकर्तालाई मूलधारमा फर्कन आग्रह गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गरी मूलधारमा फर्किन आह्वान गरेका हुन् ।

उनले जसपा विभाजनपछि अशोक राईको नेतृत्वमा बेग्लै पार्टी गठन गर्न पुगेका नेताहरूलाई ‘जनताका एजेन्डा बोक्न नसकी फरक पार्टीमा लागेका’ भनी टिप्पणी गरेका छन्।

वैशाख ३१ गते राई नेतृत्वको समूह जसपा नेपालबाट विभाजित भई जनता समाजवादी पार्टी नामको बेग्लै पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077