Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • कांग्रेसको इगोका कारण सहमतिको वातावरण बिथोलियो : सञ्चारमन्त्री शर्मा

    कांग्रेसको इगोका कारण सहमतिको वातावरण बिथोलियो : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 504
    SHARES

    काठमाडौं । सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रतिपक्षी दललाई आग्रह गरेको छ।

    शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।



    प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे भएको छलफलमा एउटै कुरामा अडिन नसक्दा सहमतिको वातावरण बिथोलिएको सञ्चारमन्त्री शर्माले बताइन् ।



    सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘सबै विषयमाथि छानबिन गर्ने हो वा व्यक्तिमाथि भन्ने कुरा आएको छ, उहाँहरूले व्यक्तिमाथि छानबिन गर्नुपर्छ भनेर केन्द्रित हुनुहुन्छ हिजोको दिनसम्म आइपुग्दा समग्र सहकारीको विषयमा छानबिन पनि गर्ने र दोषी प्रमाणित हुनेहरूलाई कारबाहीको सिफारिस पनि गर्ने समिति बनाउने भन्नेमा छलफल भएको थियो त्यो छलफलमा अहिले प्रमुख प्रतिपक्ष अडिन सकेन, सहमति बन्छ भन्ने नै थियो तर संसदमा गतिरोध राख्न ढङ्गले नै प्रस्तुत भयो। त्यस कारणले सहमति हुन सकेन।’

    सञ्चारमन्त्री रेखा शर्माले सदन सुचारु गर्न प्रधानमन्त्रीले निरन्तर छलफल गरिराखेको जनाइन्। उनले कांग्रेसले इगो राखेर सरकारसँग टसल गर्न खोजिराखेको आरोप लगाइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार