Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • दुर्गा प्रसाईंले गलत अभियान चलाए, ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

    दुर्गा प्रसाईंले गलत अभियान चलाए, ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 459
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन् ।

    शुक्रबार काठमाडौंमा एक लघुवित्तको वार्षिकोत्सवमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले केही व्यक्तिले ऋण मिनाहाको कुरा उठाएर ऋणीलाई उक्साउने काम गरेको बताइन् ।



    मन्त्री चौधरीले दुर्गा प्रसाँई, मणिराम ज्ञवाली जस्ता व्यक्तिले गलत अभियान लिएर अगाडि बढेको भन्दै यसले ऋणीलाई झन् समस्यामा पार्ने बताइन् ।



    यस्ताखाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उनले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बताइन् ।

    राष्ट्र बैङ्कले वित्तीय संस्थाको नियमन गर्ने भन्दै उनले राष्ट्र बैङ्कको नियमबाहिर गएर कुनै पनि वित्तीय संस्था जान नसक्ने बताइन् ।

    देशभर ५९ लाख व्यक्ति लघुवित्तमा आबद्ध रहेको भन्दै मन्त्री चौधरीले केही व्यक्तिले चर्चाका निम्ति ऋण मिनाहाको माग लिएर हिँडिरहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार