Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना यूएईबाट पक्राउ

    इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना यूएईबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 720
    SHARES

    काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना यूएईबाट पक्राउ परेका छन् ।

    ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई यूएईमा पक्राउ गरिएको हो।



    पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ का २३ वर्षीय सन्तोष न्यौपाने छन् ।



    एनसीबी अबुधावी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका उनीहरूलाई बिहीबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसूर मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएको थियो ।

    यसैगरी विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका खुल्न आएकाले लेखी पठाइएको बताइएको छ ।

    बलबहादुरलाई इप्रका लेटाङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा थप अनुसन्धान र कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार