Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • डिआईजी बढुवाको तयारी, को-को छन् अगाडी ?

    डिआईजी बढुवाको तयारी, को-को छन् अगाडी ?

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 2.4K
    SHARES

    काठमाडौं। सरकारले आगामी हप्ता डिआईजी सुरेन्द्र मैनालीको अवकाशपछि नेपाल प्रहरीमा रिक्त हुने चार डिआईजी पदमा बढुवाको तयारी थालेको छ।

    उच्च स्रोतका अनुसार डिआईजी बढुवाका सम्भावित उम्मेदवारहरुको कार्यसम्पादन मुल्यांकन खोलेर हेरिसकेको छ।



    यसै हप्ता गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा आईजिपी वसन्त कुँवर समेतको टोलिले बढुवाका सम्भावित उम्मेदवारहरुको कार्यसम्पादन मुल्यांकन नम्बर चेकजाँच गरेको बुझिएको छ।



    कार्यसम्पादन मूल्याकंनमा जेष्ठताको आधारमा एसएसपी कृष्णहरी शर्मा पोखरेल पहिलो नम्बरमा, डा. मनोजकुमार केसी दोश्रो नम्बरमा, राजन अधिकारी तेस्रो नम्बरमा, दिनेश आचार्य चौथो नम्बरमा र दानबहादुर कार्की पाँचौ नम्बरमा परेको भेटिएको स्रोतले जानकारी दिएको छ।

    स्रोतका अनुसार कार्यसम्पादन मूल्याकंन नम्बर हेरेपछी गृहसचिव अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सोहिअनुसार बृफिङ गरेका छन्।  उक्त बृफिङमा आईजिपी कुँवर पनि संगै थिए।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो राहदानी दुरुपयोग मुद्दामा लगाएको गुन तिर्न एसएसपी कार्कीलाई पहिलो नम्बरमा बढुवा गर्न बढुवा समितिलाई दबाब दिइरहेको स्रोत वताउँछ ।

    काठमाडौं प्रहरी प्रमुख हुँदा एसएसपी कार्कीले नै लामिछानेको राहदानी दुरुपयोग मुद्दा तामेलीमा राख्न सिफारिस गरेका थिए।

    कार्यसम्पादन मूल्याकंनमा पाँचौ नम्बरमा भएका कार्कीलाई पहिलो नम्बरमा ल्याउन बढुवा समितिले दिने नम्बरमा तलमाथि गर्न लामिछानेले चलखेल गरिरहेको स्रोतले थप बतायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार