काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।
विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् ।
नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ ।
Leave a Reply