Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने

    भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 876
    SHARES

    फाइल तस्विर

    जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।

    नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन् ।



    उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने बताए ।



    विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि  नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार