Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामान्य अंकले बढेर बन्द भयो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा कायम भएको हो। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।

अघिल्लो दिन नेप्से ९.५४ अंकले घटेको थियो। सो दिन ३ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३१५ स्क्रिप्सको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

हिमालयन लघुवित्त वित्तीय,जल्पा सामुदायिक लघुवित्त वित्तीय र सृजनशील लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077