Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पेटभित्र राखेर साढे २ किलो कोकिन तस्करी, यसरी पक्राउ परे अन्तर्राष्ट्रिय कारोबारी ?

    पेटभित्र राखेर साढे २ किलो कोकिन तस्करी, यसरी पक्राउ परे अन्तर्राष्ट्रिय कारोबारी ?

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २ किलो ६५४ ग्राम कोकिनसहित तीन जना विदेशी महिलाहरुलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दुई जना युगान्डाका र एक जना भारतीय महिला छन्। उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागूऔषध ब्यूरोले बिहीबार सार्वजनिक गरेको हो।



    पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहमा आवद्ध रहेको ब्यूरोले जनाएको छ।



    पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेकी छन् ।

    वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो।

    चेकजाँच गर्दा प्रहरीले उनको पेटमा निलेर राखिएको अवस्थामा केही रहेको शंका गरी परीक्षणका लागि नेपाल प्रहरी अस्पताल लगिएको थियो।

    उपचार पद्दतीबाट उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको ब्यूरोले जनाएको छ । प्लाष्टिकले र्‍याप गरी निलेर ल्याइएको अवस्थामा फेला पारिएको कोकिन जोख्दा १ किलो २६० ग्राम भएको थियो ।

    अर्की महिला लिलियन सुसन वेनेन्जलाई धोबिचौरबाट पक्राउ गरिएको ब्यूरोले बतायो। उनको सुटकेशभित्र स्निकर चकलेटमा लुकाइ छपाइ राखिएको ६३ वटा प्लास्टिकले र्‍याप गरिएको कोकिनका क्याप्सुल भेटिएको थियो।

    जोख्दा उक्त कोकिनको परिणाम १ किलो ३९४ ग्राम पाइएको ब्यूरोले जनाएको छ। अनुसन्धानकै क्रममा उक्त कोकिन लिन आउने भनिएको भारतीय नागरिक ३ वर्षीय देवाजनी पाललाई धोबीचौरकै अर्को होटलबाट पक्राउ गरिएको ब्यूरोले बतायो ।

    यसरी बरामद गरिएको कोकिनको परिमाण २ किलो ६५४ ग्राम रहेको छ । पक्राउ परेका तीन जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।बरामद गरिएको कोकिनको अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको ब्यूरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार