Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोदालो प्रहार गरी एक जनाको हत्या

    कोदालो प्रहार गरी एक जनाको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 540
    SHARES

    फाइल तस्विर

    सिरहा । जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।

    सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।



    खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेका थिए ।



    बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । बचाई महतो भने फरार रहेका छन् ।

    प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो ।

    बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए ।

    त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो ।

    शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार