काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि सहकारी ठगीमा छानबिन समिति बनाउनुपर्ने बताएको छ ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै समाजवादीले सो कुरा जनाएको हो ।
समाजवादीले छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष रहेको बताए ।
बैठकले पारित गरेको समसामयिक प्रस्तावमा एकीकृत समाजवादीले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बैठकले आउँदो मनसुनमा सरदरभन्दा धेरै वर्षात हुने प्रक्षेपण गरिएकाले त्यसका लागि आवश्यक पूर्वतयारी गर्न पनि सरकारसँग माग गरेको छ ।