Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुदूरपश्चिम प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले गरे नाराबाजी

    सुदूरपश्चिम प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले गरे नाराबाजी

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 618
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस र नाउपा रेशम पक्षका प्रदेशसभा सदस्यहरूले उभिएर विरोध गरेका छन्।

    मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेससहित नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदहरूले अवरोध गरेका हुन्।



    उनीहरूले दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कदम असंवैधानिक रहेको बताए। सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूचीतर्फ बढ्न आग्रह गरेका थिए।



    त्यसपछि नागरिक उन्मुक्तिका सांसद घनश्याम चौधरीलाई बोल्न दिएका थिए। त्यसपछि कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरू नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए।

    कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरूले वेल घेरेर नाराबाजी गरेपछि सभामुख भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार