Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन

    पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 894
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरामा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ ।

    वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।



    समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

    गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार