Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन विमानस्थलको अनुगमन

    गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन विमानस्थलको अनुगमन

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् ।

    उपप्रधानसमेत रहेका लामिछानेले आज बिहान प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् ।



    विमानस्थलको अनुगमन गर्दै उनले सरकारले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताए ।



    मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे चासो राखेका थिए ।

    उनले आफन्तलाई विदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार