Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था

    श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने व्यवस्था गरेको छ ।

    श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।



    श्रम मन्त्रालयले कार्यविधिमार्फत वैधानिकीकरण श्रम स्वीकृति प्रक्रियालाई सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेस गर्नु नपर्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ ।



    मन्त्रालयका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालय अन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार