Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • १० महिनामा एक लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

    १० महिनामा एक लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 408
    SHARES

    गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा दश महिनामा एक लाख ७७ हजार १८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

    उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार २३२ र अन्य मुलुकका ९७ हजार ९५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा। रविन कडरियाले जानकारी दिए । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ ।



    “मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ”, प्रमुख डा। कडरियाले भने, “यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किदैँछ, पछिल्लो समय तेस्रो मुलुकका पर्यटक बढी आइरहेका छन् ।”



    एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ ।

    अन्नपूर्ण चक्रीय पदमार्ग धेरै देशका पर्यटकको रोजाइमा पर्दै आएको छ । उनका अनुसार सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो हालसम्मकै बढी हो । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार