Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपले अदालतबाट सफाइ पाएपछि कैलालीमा खुसीयाली, गरियो दीप प्रज्वलन !

कैलाली । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएपछि कैलालीमा दीप प्रज्वलन गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ र ७ को संगमस्थल लालपुरको गौडीमा दीप प्रज्वलन गरिएको हो ।

स्थानीय दिप शिखा युवा क्लबले बलात्कार मुद्धामा मुछिएका लामिछानेले सफाई पाएको खुसीमा दीप प्रज्वलन गरेको छ ।

बुधबार उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077