Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतबाट सफाइ पाएपछि आफ्ना मुख्य कानुन व्यवसायी घिमिरेसहितको टिमसँग सन्दीप !

काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीप लामिछानेले आफ्ना मुख्य कानुन व्यवसायी सरोज घिमिरेसहितको टिमसँग छलफल गरेका छन् ।

बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर लामिछानेले आफ्ना मुख्य कानुन व्यवसायी घिमिरेसहितको टिमलाई भेटेका हुन् ।

साथै उनीहरुले सामूहिक तस्विरसमेत खिचाएका छन् । बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरेर सन्दीपको पक्षमा फैसला सुनाएको हो ।

यस्तै उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077