एजेन्सी । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ ।
गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।
प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको बताइएको छ ।
ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली चलाइएको दाबी गरिएको छ ।
उनलाई घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उपसभामुखले पुष्टि गरेका छन्।
Leave a Reply